कर्तव्य ज्यान मुद्दामा वारदात पश्‍चात फरार रहेका प्रतिवादी २० बर्ष पछि पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ माघ । कर्तव्य ज्यान मुद्दामा बारदात पश्चात् फरार रहेका प्रतिवादी दिनेश कुमार तिवारीलाई २० वर्ष पछि पनि पर्सा प्रहरीले पक्राउ गर्न सफल रहेको छ ।

पर्सा जिल्लाको गाविस बिरन्चीबर्वा वडा नं. ०२ हाल कालिकामाई गाउँपालिका वडा नं. ०५ मा मिति : २०६२ साल फागुन १३ गते अंशवण्डाको विषयमा वादविवाद हुँदा सोही ठाउँ बस्ने बर्ष ६० को मुक्तिनाथ तिवारीको घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटना पश्चात् प्रतिवादी सोही ठाउँ बस्ने बर्ष ४३ को दिनेश कुमार तिवारी भागि फरार रहेको हुँदा निजलाई खोज तलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र ईलाका प्रहरी कार्यालय, पोखरीया, पर्सा बाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान करिब १०:०० बजेको समयमा पर्सा जिल्ला कै पोखरीया नगरपालिका वडा नं. ०४ स्थित बाट पक्राउ गरी थप अनुसन्धान भई रहेको कुरा पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी, बागमती र गण्डकी…

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दीपेन्द्र प्रजापति /कालो झोला । नयाॅ दिल्ली, २६ माघ । भारतको नई दिल्ली स्थित भारतीय विद्यापीठ र सार्क जर्नलिस्ट फोरम इण्डिया चाप्टरले आयोजना गरेको दक्षिण एसियाकाे शान्ति स्थापना र सहयोगमा…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 152 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा