कर्नाटक यू-१९ माथि नेपाली युवा टोलीको सानदार जित

काठमाडौँ । एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले भारतको कर्नाटक यू-१९ टोलीलाई दोस्रो खेलमा पराजित गरेको छ।

शुक्रबार मुलपानीमा भएको खेलमा नेपाली टोलीले ७ विकेटको जित निकालेको हो। जितसँगै पाँच खेलको सिरिजमा एक एकको बराबरी भएको छ।

कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा २४.५ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अर्धशतक प्रहार गरे। आकाशले नटआउट ५२ रन जोड्ने क्रममा ७६ बलमा ६ चौका प्रहार गरे।

अर्का ओपनर मयन यादव ३२ रनमा आउट भएका थिए। नरेन भट्ट १४ रन र सन्तोष यादव शून्यमा पेभिलियन फर्के। उत्तम मगरले नटआउट १२ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्नाटकलाई नेपालले ३८.१ ओभरमा १२१ रनमा अलआउट गर्‍यो।

कर्नाटकका लागि ओपनर प्रथिकले ३७ रन र रिशव अपाचुले ४० रन बनाए। उसका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा नेपालका कप्तान हेमन्त धामी र नरेन साउदले चार चार विकेट लिन सफल भए। हेमन्तले ५.१ ओभरमा १ मेडन राख्दा १६ रन दिए। नरेनले १० ओभरमा ३ मेडन राखे भने २० रन खर्चिए। दयानन्द मण्डल र सन्तोष यादवको नाममा एक एक विकेट रह्यो।

यसअघि बुधबार मुलपानी मैदानमा भएको पहिलो खेलमा नेपाली टोलीमाथि कर्नाटकले एक विकेटको जित निकालेको थियो।

अब नेपाल र कर्नाटकबीच मंसिर २, मंसिर ४ र मंसिर ६ मा बाँकी खेल हुनेछन्।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-