कलुवापुर-बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग

कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग गरेका छन् । यसको लागि स्थानीयले दुई दिनदेखि सडकमा सवारीसाधन गुडाउन अवरोध समेत गरेका छन् ।

निर्माण व्यवसायीले सडक कालोपत्रको काम लामो समयदेखि अगाडि नबढाएपछि सवारीका कारण उड्ने धुलो स्थानीय बासिन्दा समस्यामा परेका छन् । “सडक कालोपत्र अगाडि बढाउनुपर्‍यो, त्यो तत्काल हुन नसके सडकमा उड्ने धुलो रोक्नुपर्‍यो”। स्थानीय दिनेश कुँवरले भने, “सडकमा उड्ने धुलो घरभित्र पस्छ, बस्नै नसकिने अवस्था आएको छ ।” धुलो माटोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेको उनले बताए। उनीहरूलाई बिरामी हुनबाट जोगाइदिन आग्रह पनि गरेका छन् । विद्यालय जान बस कुर्दा सडकमा उड्ने धुलोले बालबालिका पूरै धुलाम्मे हुने गरेका स्थानीय नरबहादुर ऐरले बताए ।

सडक कालोपत्र अगाडि बढाउन पूर्वाधार विकास कार्यालय र शुक्लाफाँटा नगरपालिकासम्म आग्रह गर्दै आए पनि सुनवाइ नभएको उनले बताए । धुलोले समस्या सृजना गरी बिरामी पर्न थाले पनि जनप्रतिनिधि हालचाल बुझ्न नआएको स्थानीय बासिन्दाले गुनासो पोखे । सडकको धुलोको जबसम्म व्यवस्थापन हुँदैन, तबसम्म सडकमा सवारीसाधन गुड्न नदिने स्थानीय बासिन्दाले बताएका छन् । कलुवापुर–बेलौरी सडक सुदूरपश्चिमको गौरवको योजनामा समावेश गरिएको छ ।

सडकको कलुवापुरबाट बन्साह खण्डसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समयदेखि कालोपत्र हुन सकेको छैन । सोही सडकको ढक्का चाँनदेउबाट कालागौंडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र छ ।

“निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दै आएका छौँ”, पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका प्रमुख योगेन्द्रबहादुर अधिकारीले भने, “निर्माण व्यवसायीले काम अगाडि बढाउने आश्वासन दिन्छन्, काम अगाडि बढाउँदैनन् ।” कलुवापुरबाट दक्षिणको चार लेन सडक कालोपत्रको कार्य मङ्सिर मसान्तसम्म पूरा गर्न पत्राचार गरिएको उनले बताए।

बन्साहबाट कलुवापुर सडक कालोपत्र गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । बहु वर्षीय ठेक्का सम्झौताअनुसार सो कामका लागि निर्माण व्यवसायी छनौट गरिएको थियो ।

  • Related Posts

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 48 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 45 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 26 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 24 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 18 views
    आजको राशिफल