भाद्र २३ गत,े काठमाण्डौं । मित्रपार्कको आर.बि.होम कन्सर्नमा कलैयावासीको पुनर्मिलन र भेट्घाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त पुनर्मिलन कार्यक्रममा कलैयावासी हाल काठमाण्डौमा बसोबास गरिरहेका पुरुष महिला गरी जम्मा ५३५ जनाको सहभागीता थियो । वरिष्ठ भोजपुरी हास्य कवि तथा साहित्यकार माधवप्रसाद गौतमले पानसमा बत्ति बालेर र केक काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य पूर्व प्राध्यापक शुकदेव उपाध्यायले दिनुभएको थियो । आयोजक कमिटीका सदस्य पवन उपाध्याय पोखरेलले ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमको प्रवेशद्वारमा खादा लगाई सम्मान गर्नुभएको थियो । सातजना ज्येष्ठ महिलाहरुको हाँतबाट अन्य महिला दिदीबहिनीहरुलाई उपहार स्वरुप साडी प्रदान गरिएको थियो । उपहार वितरण गर्ने ज्येष्ठ महिलाहरुमा शान्ति घिमिरे अधिकारी, सीतादेवी पौडेल, दिव्या रेग्मी, शान्ता आचार्य, शिला शर्मा, विन्दु ज्ञवाली घिमिरे र शान्ति रिजाल हुनुुहुन्थ्यो ।

उपहार वितरण गर्ने ज्येष्ठ महिलाहरु मध्ये पनि बयोवृद्ध श्री सीतादेवी पौडेललाई कन्ये केटीको रुपमा प्राज्ना लोहनीले सम्मान गरेकी थिईन् । उपहार वितरण कार्यक्रमको उद्घोषण बैकुण्ठ सिग्देलले गर्नुभएको थियो । एकल, यूगल र सामूहिक नृत्य, गायन, कबिता प्रस्तुत गरी सहभागीहरुले सांस्कृतिक कार्यक्रम मार्फत आ—आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सांस्कृतिक कार्यक्रमको नृत्य, गायन तर्फ सहभागी हुनेहरुमा सीमा घिमिरे लोहनी, नीना अर्याल शर्मा, चन्दा खरेल, श्रृजना पौडेल, प्रज्ञा नेपाल न्यौपाने, ज्ञानेश्वर आचार्य, प्राज्ना लोहनी, अमित मिश्र, विनिता श्रेष्ठ, महेन्द्रमान श्रेष्ठ, विशाल उपाध्याय, ऋचा आचार्य कोइराला, रश्मी उप्रेती घिमिरे, प्यारो कान्छा, निकी रेग्मी काफ्ले आदि थिए भने कविता वाचनमा नेपालका वरिष्ठ भोजपुरी हास्य कवि माधवप्रसाद गौतम र दीपक रेग्मी थिए ।

कलैयाका छोरी र बुहारी बीचको अन्ताक्षरीको घमासान प्रतिस्पर्धा र तीजको गीतमा कलैयाका तात्कालीन टोल टोल अनुसारको सामूहिक नृत्यले सहभागी दर्शकहरुको ध्यान केन्द्रित गरेको थियो । सांस्कृतिक कार्यक्रम बाहेक बिंगो खेलको पनि आयोजना गरिएको थियो । सेवा प्रदायक संस्थाहरु Kathmandu Event Management P.Ltd. र Vianet Communication Pvt. Ltd. को सहयोगमा उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण (Live Streaming) फेसबुक मार्फत हुने व्यवस्था गरिएको थियो । कार्यक्रमको लागी उठाईएको प्रति व्यक्ति शुल्कको अलावा देश, विदेशमा बस्ने केहि कलैयावासीले पनि उक्त कार्यक्रमको लागी स्वस्फूर्त रुपले आर्थिक सहयोग पठाएका थिए । व्यवस्थापनको दृष्टिकोणबाट कार्यक्रम व्यवस्थित, विशाल, अभुतपूर्व र ऐतिहासिक रहेको सहभागीहरुले मिश्रित प्रतिकृया दिएका छन् ।

कलैयावासीको यस पुनर्मिलन कार्यक्रमका लागी श्रीहरि आचार्यको नेतृत्वमा आयोजक कमिटीका अन्य सदस्यहरुमा पराशर लोहनी, मनिष आचार्य, पवन उपाध्याय, सीमा घिमिरे लोहनी, राजेश सिग्देल, बिनिता सिग्देल, उमेश अधिकारी, बैकुण्ठ सिग्देल, संगीता पाठक, रोशनीदेवी श्रेष्ठ, सुन्दरकुमार थापा, रितु ढकाल आचार्य, प्रशान्त खड्का, नबिन भट्टराई, अनिता खड्का लगायत अन्य केहि छन् । यस्ता पुनर्मिलन कार्यक्रम केहि वर्षको अन्तरालमा निरन्तर गर्न आयोजक कमिटी कटिवद्ध रहेको बुझिएको छ ।