जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली भू-भागमा आंशिक बादल लागी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षा भैरहेको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ। देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
त्यस्तै आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागी बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।









