काँग्रेसले बनायो केन्द्रीय अनुशासन समिति

नेपाली काँग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो ।   

काँग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको छ । 

त्यस्तै आजको बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२ र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका- ०८२ लाई परिमार्जनसहित पारित गरेको छ । 

आजको बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्री फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

  • Related Posts

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् ।  पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

     प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ । रास्वपा सुनसरी-…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो