काँग्रेस उम्मेदवार सिफारसि: रुपन्देही- ३ बाट बालकृष्ण खाणसहित ६ जना सिफारिस

बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाण सिफारिस भएका छन् ।  

क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले क्षेत्र नम्बर ३ बाट खाणसहित ६ जनाको नाम सिफारिस गरेको हो । समितिले प्रत्यक्षमा खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले  जानकारी दिएका छन् । त्यस्तै समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको छ ।

त्यस्तै रुपन्देही-५ बाट संस्थापन पक्षले भारत शाहको एकल नाम सिफारिस गरेपछि विवाद भएको छ । संस्थापन इतर पक्षले शाहको मात्र नाम सिफारिस गरिएको प्रति विरोध गर्दै उनीहरुले विष्णु पोखरेल, कमल प्रकाश भुसाल र लिला कुमारी पौडेलको नाम सिफारिस गरि केन्द्रमा पठाएका छन् । इतर पक्षबाट सिफारिश भएका पोखरेल र भुसाललाई संस्थापन पक्षले यसअघि कारवाही गको थियो ।

  • Related Posts

    झापा पुगे ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । मंगलबार हुने प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता गर्न ओली आजै झापा पुगेका हुन् ।  उनले झापा-५ बाट उम्मेदवारी दिदैछन् ।…

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

     मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट राजीनामा दिएका छन् । सिंहले सोमबार प्रदेश सभाका सभामुखलाई आफ्नो राजीनामा बुझाएका हुन् । सिंह जनमत पार्टीबाट सप्तरी ‘क’ बाट निर्वाचित…

    पहिलो

    झापा पुगे ओली

    • January 19, 2026
    • 5 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 14 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 9 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 0 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 9 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    यी हुन् रास्वपाले अहिलेसम्म टुंगो लगाएका प्रतिनिधिसभा उम्मेदवार

    • January 19, 2026
    • 11 views
    यी हुन् रास्वपाले अहिलेसम्म टुंगो लगाएका प्रतिनिधिसभा उम्मेदवार