काउन्सिल अध्यक्षमा डा. आचार्य पदबहाली

काठमाडौँ २२ मङ्सिर । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले आइतबारदेखि कार्यभार सम्हाल्नुभएको छ । प्रेस काउन्सिल नेपालको बैठकसम्बन्धी कार्यविधि, २०७१ को २(ङ)अनुसार अध्यक्ष डा. आचार्यले काउन्सिल सदस्यहरूको उपस्थितिमा शपथग्रहण गर्नुभएको थियो । अध्यक्ष डा. आचार्यले शपथग्रहणपश्चात् हिजाे कार्यकक्षमा गई पदबहाली गर्नुभयो ।

मुलुक सङ्कटपूर्ण अवस्थामा रहेको बेला आफू काउन्सिलको नेतृत्वमा आएको बताउँदै अध्यक्ष डा. आचार्यले मेलमिलापको वातावरण बनाएर सबै पदाधिकारी र कर्मचारीसँग सल्लाहसुझाव लिँदै अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

पत्रकारिता क्षेत्र आफ्नो लागि नयाँ भएको धारणा राख्दै उहाँले धरै बोल्नुभन्दा काम गरेर देखाउनुपर्छ भन्नुभयो । अध्यक्ष डा. आचार्यले जेञ्जी आन्दोलनको प्रमुख माग सुशासन र भ्रष्टाचारमुक्त समाज रहेकाले आफूले यसमा समेत ध्यान दिँदै कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष डा. आचार्यलाई स्वागत गर्दै सदस्यहरू कुमारी निमा काफ्ले, शन्तराम बिडारी, नकुल अर्याल, बालकृष्ण अधिकारी, निर्मला शर्माले नीतिगत निर्णय र विवाद समाधानमा काउन्सिलको भूमिका अझै सशक्त हुने विश्वास व्यक्त गर्नुभयो । संस्थालाई राजनीतिक, आर्थिक दबाबबाट मुक्त राखी स्वतन्त्र निर्णय गर्ने अवस्था हुने उहाँहरूको विश्वास थियो । सदस्यहरूले नेपालको पत्रकारिता संयमित, मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको नयाँ नेतृत्व सक्षम हुने बताउनुभयो ।

मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा काउन्सिल सदस्यहरू केशवशरण लामिछाने, भीमलाल श्रेष्ठ, रामप्रसाद दाहाल, विजयराज अधिकारी, सदस्य–सचिव छबीन्द्र पराजुली, काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत(प्रवक्ता) दीपक खनाल, सहप्रशासकीय अधिकृत(सूचना अधिकारी) रामशरण बोहरा, उपप्रशासकीय अधिकृतद्वय राधेश्याम अधिकारी र रहमतुल्ला मियाँलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वरिष्ठ अधिवक्ता डा. आचार्यलाई २०८२ मङ्सिर १५ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयबाट काउन्सिल अध्यक्ष मनोनित गरिएको थियो । नेपाल बारको उपाध्यक्ष भइसक्नुभएका डा. आचार्य यसअघि मेलमिलाप परिषदको संस्थापक सदस्य र ३ बर्षे कार्यकाल पछि मेलमिलाप विज्ञको रूपमा कार्यरत हुनुुहुन्थ्यो ।

  • Bishnu Timalsina

    Related Posts

    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले डेढ बर्षअघि बेपत्ता भएको गणपति डिलक्स गाडीको अवशेष त्रिशुली किनारमा भेटिएको छ ।  बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो । बसको अवशेष पुस २७ गतेदेखि…

    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि

    गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिएको छ । प्रशान्तको जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार मंगलबार अन्त्यष्टि गरिएको हो ।  प्रशान्तको पार्थिव शरीरलाई सोमबार अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ…

    पहिलो

    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    • January 13, 2026
    • 15 views
    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    • January 13, 2026
    • 13 views
    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    • January 13, 2026
    • 15 views
    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    • January 13, 2026
    • 14 views
    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त

    • January 13, 2026
    • 14 views
    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त

    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि

    • January 13, 2026
    • 15 views
    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि