काठमाडौँ उपत्यकाको खानेपानी वितरण अवरुद्ध

काठमाडौँ । स्थानीयले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण पुर्ण रुपमा बन्द गरेपछि काठमाडौँ उपत्यकाको खानेपानी वितरण प्रभावित भएको छ । हेलम्बुका स्थानीयले पटक पटकको आन्दोलनमा भएको सहमति कार्यान्वयन नभएको भन्दै माग पूरा नभएसम्म पानी पथान्तरण विहिबारदेखि बन्द गरेका हुन् ।

पानी पथान्तरण बन्द भएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (कयूकेएल) ले यसअघि हुदै आएको खानेपानीको वितरण अवरोध भएको जानकारी गराएको छ । केयुकेएलले वितरण भईरहेको मेलम्चीको पानी बिशेष कारणवश मेलम्ची मुहानमा पानी अवरोध भएको हुँदा अर्को सुचना प्रकाशित नहुंदासम्म पानी वितरण अवरुद्ध हुने जानकारी गराएको हो । 

स्थानीयले तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग १३ महिनाअघि भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । अघिल्लो असोज २२ गते मेलम्ची बाढी प्रभावितले राख्दै आएका माग केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सहमति भएको थियो । 

त्यति बेला मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेकोमा मन्त्रलाय र सरोकारवाला निकायहरुबीच पुनः छलफल गरि तीन महिनाभित्र टुङग्याउने,  हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन गरी कार्यान्वयन गर्न यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी कार्यन्वयनमा ल्याउन स्थानीय सरकार र खानेपानी मन्त्रालयले पहल गर्ने लगायतका विषयमा सहमति भएको थियो । तर स्थानीयले यी मागहरु अहिलेसम्म पुरा नभएको आरोप लगाएका छन् ।

  • Related Posts

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुन्नकर्मी उपरगैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा…

    कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 108 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो