काठमाडौँ महानगरभित्रका ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

 काठमाडौँ महानगरले समुदायमा रहेका कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा वडामा सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रम अहिलेसम्म ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । गएको कार्तिक १४ गतेदेखि सुरु भएको यस कार्यक्रममा वडा नं. ६ मा सबैभन्दा धेरै ६२१ वटा र सबैभन्दा कम वडा नं. २१ मा ८ वटा कुकुरहरूको बन्ध्याकरण गरिएको हो । 

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले वडा नं. १८, २२, २५ र २७ गरी ४ वटा वडामा कार्यक्रम सञ्चालन प्रक्रियामा रहेको बताएको छ । 

महानगरले काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर), क्याट क्लिनिक, मण्डला भेटिरिनरी अस्पताल, स्नेहाज केयर र पशुपन्छीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नेपाल गरी ५ वटा संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको हो ।  बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने क्रममा पशु कल्याणको पूर्ण पालना गरिएको, कुकुरलाई नियन्त्रणमा लिने, बन्ध्याकरण गर्ने, २४ घण्टा निगरानीमा राख्ने र स्वस्थ्य भएपछि पुनः पुरानै स्थानमा छाड्ने गरिएको विभागका प्रमुख न्यौपानेको भनाइ छ । यस प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा महसुस नहोस् भन्ने कुरालाई ध्यान दिने गरिएको उनको भनाइ छ । 

यो कार्यक्रमबाट सहरमा भएका सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र रेबिज जस्ता रोगको जोखिम घटाउन मद्दत पुग्ने महानगरपालिकाले अपेक्षा गरेको नतिजा हो । 

  • Related Posts

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

     सुनसरी र पर्साका विभिन्न स्थानबाट करिब १ हजार १ सय १५ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट करिब ९ सय ५५…

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौंमा आकर्षक तलबमा विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्दै आएका झापा अर्जुनधारा नगरपालिका-६ का…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ