काठमाडौँ महानगरमा धुलोरहित सडक कार्यक्रमअन्तर्गत करिब ८ किलोमिटर सडकमा काम हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन थालिएको छ ।

धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव काफ्लेका अनुसार लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको १ हजार १६० मिटर लामो सडक पनि कालोपत्रे हुनेछ । स्थानीयबासीले आफ्नो नामको जग्गा सडकमा रहेको दावी गरिरहेको यो विवादित सडक खण्डको करिब १९० मिटर सडक गएको महिना कालोपत्रे गरिएको छ । यो सडक खण्डमा ९ मिटरदेखि १४ मिटरसम्मको चौडाइ छ । 

बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे पकनाजोल, चाक्सीबारी देखि जेपी चोकसम्म, कुलेश्वर फलफुल बजार, बालाजु हाइटको गणेश मन्दिर देखि नागार्जुन पर्खालसम्म, शितला मार्गदेखि पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ । 

पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने महानगरपालिकाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्व रुपियाँ खर्च हुने अनुमान गरिएको छ । 

महानगरपालिकाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२  गरी ७ वटा वडा पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड रुपियाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपियाँ रहेको छ । कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभिले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । 

पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रका लागि पीआर के एण्ड के जी एण्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपियाँमा सम्झौता भएको छ । यस क्षेत्रका लागि ७४ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । 

निर्माण पक्षलाई २०८२ बैशाख ४ गते कार्यादेश दिइएको छ । यो कामको म्याद २०८४ वैशाख मसान्तसम्ममा रहेको छ । 

उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ । 

मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल–युएसजी–आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो ।

  • Related Posts

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुन्नकर्मी उपरगैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा…

    कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 106 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो