काभ्रेका विपद्पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग

काभ्रेपलाञ्चोक । जिल्ला विपद् व्यवस्थापन समितिले हालैको बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । समितिले हाललाई प्रतिपरिवार क्षतिका आधारमा रु १५ देखि २० हजारसम्म प्रदान गर्ने निर्णय गरेको छ ।

समितिको मङ्गलबारको बैठकले जिल्ला विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । विपद्बाट घर, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा–जमिन वा पसल–व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्म सदस्य भएको परिवार भए रु १५ हजार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई रु २० हजार प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । धुलिखेल र बनेपा नगरपालिकालाई विपद् सङ्कटग्रस्त घोषणा गर्न गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष अनुरोध गर्ने निर्णय भएको छ । यसअघि सरकारले काभ्रेपलाञ्चोकको १३ मध्ये ११ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ ।

जिल्लाका १० हजार घरमा क्षति पुगेको अनुमान छ । जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० स्थानीय तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाएका छन् भने पाँच जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ७५ जना घाइते भएका र ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    • May 13, 2025
    • 10 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-