कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

कास्की, १२ असार : अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो । यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

  • Related Posts

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    काठमाडौँ, ७ साउनः प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा…

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    म्याग्दी, ७ साउनः मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको…

    पहिलो

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 9 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    • July 22, 2024
    • 11 views
    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    • July 22, 2024
    • 12 views
    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    • July 22, 2024
    • 13 views
    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    • July 22, 2024
    • 14 views
    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

    • July 22, 2024
    • 11 views
    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय