कास्की पहिरोः कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए

कास्की,२८ असारः कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति देवर कुलबहादुरलाई भन्नुभएको थियो,‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’
सासुआमा ८५ वर्षीया लक्षिमा राधिकाको घरमा खाना खाएर सुत्न देवरको घर जानुभएको थियो । साँझ छोरीज्वाईँ आएकाले राधिका पनि घरसँगै जोडिएको देवरको घर जानुभयो ।

सासुआमा ८५ वर्षीया लक्षिमा पिँढीमा बस्नुभएको थियो । अन्य सबै जना घरमा एउटै कोठामा हुनुहुन्थ्यो । राति १० बजेतिर राधिका देवरको घरबाट फर्किएको १२ मिनेट पनि भएको थिएन । उहाँ र श्रीमान् सुवर्ण कोठामा बसेर मोबाइल फोन चलाउँदै हुनुहुन्थ्यो । भूकम्प जस्तो भयो । दुवैजना डरले कोठाबाट बाहिर निस्कनुभयो ।

राधिका डरले पल्लोघरतिर भाग्नुभयो । श्रीमान् सूवर्ण भाईको परिवारलाई बचाउछु भनेर जाँदा टिनले छाएको ढुङ्गा माटोले बनेको एकतले घर पहिराले पुरिसकेकेको थियो ।

पहिरोले कुलबहादुर सहित आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना, २० वर्षीया छोरी प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियारलाई एकै ठाउँमा पुरेको थिए । पहिरोमा परेर उद्धारका लागि पुग्नुभएका छिमेकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुलबहादुरका १७ वर्षीय छोरा पवन भने हुत्तिएर बाँच्न सफल हुनुभयो । पवनलाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए । घरमाथि अघिल्लो दिननै सानो पहिरो खसेको थियो । जमिन धेरै भिरालो नभएकाले थप पहिरो नजाला भन्ने अनुमान गरेपनि पानी निरन्तर परिरहेकाले त्रासले रातभर नसुत्ने योजनामा दुवै परिवार थिए ।

“अस्ति सानो पहिरो खसेको थियो । अब तल आउँदैन होला भन्ने भयो । आयो भने भाग्ने भनेर बसेका पनि थियौँ ।” राधिकाले भन्नुभयो उहाँकाअनुसार कुलबहादुरका ज्वाईँ र कान्छी छोरी राति छाता ओढेर घर माथितिर हेर्न जानुभएको थियो । माथि सामान्य रहेकाले चिन्ता नगर्न ज्वाईले भनेपछि उहाँ आफ्नो घर फर्किनुभएको थियो । “माथि हेरेर आएपछि ज्वाइँले भगवानले हाम्रो रक्षा गर्नुहुन्छ । पहिरो आउदैन भन्नुभयो । तर मैले लापरबाही गर्नुहुँदैन, आज सुत्नु हुँदैन भनेर हिँडेको केही समयमै गुर्र घरमाथि पहिरो खस्यो ।” उहाँले भन्नुभयो । कुलबहादुरलाई पहिराको त्रास भएपनि घरमा पाहुना आएकाले घर छाड्न नमानेको उहाँले बताउनुभयो ।

पहिराले राधिकाको घरको एक कोठामा पनि क्षति पुगेको छ । अर्को कोठामा बसेकाले उहाँ पहिराबाट जोगिनुभएको हो । राधिकाको सुत्ने कोठा पहिराले पुरिएको हो । गएराति आफू अर्को कोठामा गएर बसेकाले बाँच्न सफल भएको राधिकाले बताउनुभयो । पहिराबाट आफू जोगिए पनि देवरको पूरै परिवार सखाप भएकाले उहाँ विक्षिप्त हुनुहुन्छ । “जापान भएकी छोरीले अब कसरी आफूलाई सम्हाल्ली । कसरी खबर गर्नु, कस्तो दिन भोग्नु पर्योँ ।”राधिकाले आँखाबाट आँसु झार्दै भन्नुभयो ।

स्थानीयका अनुसार कुलबहादुरलाई पहिराको जोखिम रहेकाले घरमा नबस्न सल्लाह दिइएको थियो । छिमेकीहरुले वैकिल्पक व्यवस्था गर्न भनेका थिए । अर्को विकल्प नभएकाले कुलबहादुरको परिवारले घर छाडेन । पहिराको त्रासमा भने बसेको थियो ।

पोखरा–१९ का वडासदस्य विकास आचार्यले बिहीबार साँझ बजेतिर कुलबहादुरलाई खाना घरमै खाएपनि बास नबस्न आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“पानी परिरहेको छ, पहिराको जोखिम छ आजलाई खाना पकाएर खाएपनि रात नबस्नु हामी अर्को व्यवस्था गछौँ भनेर निस्केको थिएँ, त्यसै गर्नुपर्ला भन्नुभएको पनि थियो । राति ठूलो आवाज सुनेँर बाहिर निस्कँदा अरुलाई पहिराले पुरिसकेको रहेछ । छोरालाई मात्र जोगाउन सफल भयौँ ।”

  • Related Posts

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०९ जेष्ठ । “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ वीरगंजमा ४५ दिने ह्याण्ड इम्ब्रोडरी सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ…

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण थालेको छ। शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधी तथा गुण नियन्त्रण र…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 54 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 64 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-