किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, ३ साउन : प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गर्नुभयो ।

साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुुलुकका विकासका विषय, संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरीबासको जनसङ्ख्या एक लाख २० हजार छ भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएको हो । नेपाल र किरीबास जि–७७ र चीन तथा अल्पविकसित राष्ट्रहरूको समूहका सदस्य हुन् ।

  • Related Posts

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोक…

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता र वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा बुधबार बीरगंज महानगरपालिका…

    पहिलो

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    • February 9, 2025
    • 36 views
    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    • February 6, 2025
    • 40 views
    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    • February 5, 2025
    • 46 views
    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    • February 5, 2025
    • 64 views
    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    • February 4, 2025
    • 43 views
    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-

    • February 4, 2025
    • 27 views
    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-