काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र ४ को अध्यक्षमा विजेश बस्नेतले मनोनयन दर्ता गराएका छन् ।
यसअघि एमाले, नेमकिपा, नेपाल समाजवादी नयाँ शक्ति पार्टी र स्वतन्त्रले उम्मेदवारी दिइसकेका छन् ।