उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उमेदवारी दर्ता गराएका छन् ।
घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं- ३ बाट उमेदवारी दर्ता गराएका हुन् ।
घिसिङविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजु पाण्डेलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली काँग्रेसले काठमाडौँ- ३ मा रमेश अर्याललाई टिकट दिएको छ ।









