कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक

पर्वत, २१ असार : जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

पुलबाट यात्रा गर्दा जोखिम निम्तिन सक्ने खतरा बढेकाले मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो । विसं २०६६ मा निर्मित कुश्मा–ज्ञादी झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेको छैन ।

मानिस पैदलयात्रा गर्ने पुलमा एकैपटक दर्जनौँ मोटरसाइकल गुडाउँदा दुर्घटनाको जोखिम भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सहरी विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनसँग परामर्श गरी अर्को सूचना जारी नहुँदासम्म दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

तीन सय ४४ मिटर लामो र एक सय ३५ मिटर उचाइको उक्त पुलले पर्वतको कुश्मा नगरपालिकाका कटुवाचौपारी, पिपलटारी, पकुवा, ठूलीपोखरी, खौलालाकुरी, आर्थरडाँडाखर्क, फलेवास, महाशिला, विहादी र पैंयुँ गाउँपालिकालाई सदरमुकाम कुश्मा बजारसँग जोडेको छ ।

कुश्मा–५ बाट कुश्मा–९ कटुवाचौपारी जोड्ने यो पुल हुँदै दैनिक सयाँैैको सङ्ख्यामा मोटरसाइकल र स्कुटर सञ्चालन हुँदै आएका थिए । सवारी प्रयोगकर्ताले छोटो मार्गका रुपमा जोखिमपूर्ण तरिकाले पुलबाट सवारी वारपार गर्दै आएका छन् । यसले पैदलयात्रीलाई समेत समस्या पर्दै आएको भन्दै गत आइतबारदेखि पूर्णरुपमा सवारी आवागमन बन्द गरिएको हो ।

केही दिनअघि कर्णाली प्रदेशमा भएको खच्चर दुर्घटनाको नियति पर्वतमा नदोहोरियोस् भनेर पुलबाट सवारीसाधन वारपार गर्न रोक लगाइएको प्रजिअ शर्माले बताउनुभयो । “जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुलको प्राविधिक नापजाँच नगरिकन सवारीसाधन सञ्चालन नगर्ने÷नगराउने निर्णय गरेपछि हाललाई उक्त पुल भएर सवारीसाधन नचलाउन स्थानीयलाई अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो ।

सस्पेन्सन ब्रिज डिभिजनको प्राविधिक टोली आगामी साउन अन्तिम सातामात्र पुल मर्मत र चेकजाँचका लागि आउने जानकारी आएको प्रजिअ शर्माले बताउनुभयो । डिभिजनले पत्र पठाएर कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा मात्र नभई कुनै पनि झोलुङ्गे पुलबाट मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन सञ्चालन गर्न नहुने जनाएको उहाँको भनाइ छ ।

पुल निर्माण भएको डेढ दशक पुगिसकेको छ । पुलका लट्ठा, दुवै छेउका बार, डेक उप्कने, नोटबोल्टु खुकुलो हुने समस्या देखिन थालेका छन् । यो पुल निर्माणपछि मोदीखोलाको किनारमा पुगेर डाँडामा आउन लाग्ने एक घण्टाको बाटो छोटिएर तीन मिनेटमा सीमित बनेको थियो । यो पुलपछि सदरमुकाम कुश्मामा थप चार वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण भएका छन् । ती पुलबाट भने दुईपाङ्ग्रे सवारी साधन निर्वाधरुपमा सञ्चालन हुँदै आएका छन् ।

  • Related Posts

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    सर्लाही । सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ । आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चार वटा सडक स्तरोन्नति गर्ने सम्झौता…

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    काठमाडौँ । वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्र मास अनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा…

    पहिलो

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 53 views
    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 77 views
    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    • January 15, 2025
    • 39 views
    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    • January 14, 2025
    • 61 views
    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    • January 13, 2025
    • 19 views
    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    • January 13, 2025
    • 15 views
    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु