कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी

भोजपुर, ९ साउनः कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ ।
स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लाग्नुभएका उहाँले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक रु १५ देखि १८ लाखसम्म आम्दानी लिने गरेको बताउनुभयो । लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उहाँ बताउनुहुन्छ ।

उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहनुभएको छ ।व्यवसायका लागि हालसम्म रु एक करोड हाराहारीमा लगानी गरेको बताउनुभयो । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै उहाँले सीप पनि सिकाउँदै आउनुभएको छ ।

राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उहाँले बताउनुभयो । पहँुचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उहाँको बुझाई छ । कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उहाँको दुखेसो छ ।

आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उहाँले बताउनुभयो । भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उहाँले बताउनुभयो । यसलाई विस्तार गर्ने उहाँको लक्ष्य छ । हाल उहाँले एक स्थानमा बङ्गुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेको बताउनुभयो ।

उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उहाँले सुनाउनुभयो । खेती विस्तारका लागि उहाँले २० रोपनी जग्गा भाडामा लिनुभएको छ । व्यवसायी श्रेष्ठले छजनालाई रोजगारी पनि दिनुभएको छ । “कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ । लगनशील भएर कृषिमा लाग्ने हो भने यही मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ ”, उहाँले भन्नुभयो ।
–––

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    • April 30, 2025
    • 40 views
    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 27 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 29 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 44 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 20 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम