कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो

महोत्तरी । स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर-२ का मतदाताले कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन् ।

भोट माग्दै घरघर पुगेका दलका नेताहरूसँग सो बस्तीका किसानले आफ्ना समस्या कुनै तहका सरकारले समाधानको प्रयास नगरेको गुनासो गरेका हुन् । उम्मेदवार आफ्नै बस्तीका बासिन्दा भए पनि उनीहरूका लागि मत माग्न अहिले विभिन्न दलका केन्द्रीय तहका नेताहरू आएपछि आफ्ना सुविधा र सहुलियतबारे उपल्लो तहका नेतासँग मतदाताले गुनासो गरेका हुन् ।

“यहाँका बासिन्दा ९० प्रतिशत बढी खेतीपातीमा छौँ, तर हाम्रो खेतमा सिँचाइ सुविधा छैन, समयमा बीउबिजन र मलखाद पनि पाइँदैन”, सो वडाका अगुवा किसान मोहम्मद कादिर हुसैन भन्छन् “मत माग्न आउने सबैजसो दलका नेतासँग यहाँका हामीले यही गुनासो गरेका छौँ ।”

रामगोपालपुर-२ मा अहिलेसम्म नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोल्युटब्यूरो र केन्द्रीय सदस्य एवं मधेश प्रदेश कमिटीका पदाधिकारीहरू र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित केन्द्रीय पदाधिकारीले आफ्ना दलका उम्मेदवारलाई भोट हाल्न मतदातासँग आग्रह गर्दै किसानका समस्याप्रति आफूहरू गम्भीर रहेको बताएका छन् ।

यही मङ्सिर १६ गते रामगोपालपुर–२ मा हुने चुनावमा दलका सात जना र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । यो वडामा दुई हजार एक सय ४१ मतदाता छन् । वडाध्यक्ष मुकेशकुमार यादवको निधन भएकाले रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 137 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-