केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण

काठमाडौँ । लेखक विजयराज आचार्यको वरिष्ठ कलाकार केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ कृति लोकार्पण गरिएको छ ।

नेपाल बाल साहित्य समाजद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा तथा पूर्वमन्त्रीत्रय शंकरप्रसाद कोइराला, प्रदीपकुमार ज्ञवाली, रघुजी पन्तलगायतले विमोचन गरे ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्वकूलपति कर्मचार्यले नेपालको कला क्षेत्रमा ६० वर्षदेखि क्रियाशील छन् । कृतिमा उनले कला क्षेत्रमा पुर्‍याएको योगदानको वर्णन गरिएको छ । त्यस अवसरमा वरिष्ठ कलाकार शर्माले राज्यले कला क्षेत्रको विकास र विस्तारमा ध्यान नदिएका कारण कलाकार खेतालाजस्ता हुनुपरेको भनी रोष प्रकट गरे ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकारको जीवनीमा आधारित पुस्तक प्रकाशनले व्यक्तित्वको सामाजिकीकरणको पाटोमा सफल अभ्यास भएको प्रतिक्रिया दिए ।

पूर्वमन्त्री एवं साहित्यकार ज्ञवालीले कलाको माध्यमबाट कर्मचार्यले सामाजिक जागरण र राष्ट्रिय एकता कायम गर्न गरेको योगदानको चर्चा गरे। साहित्यकार कोइरालाले समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति र व्यक्तित्वको जीवनी, व्यक्तित्व र कृतित्व सार्वजनिक हुन आवश्यक रहेको धारणा राखे ।

वरिष्ठ पत्रकार पन्तले चित्रकलाले देश र समाजको संस्कृति, रहनसहन, वेशभूषा, इतिहास र जीवनशैलीको यथार्थ चित्र गर्ने भएकाले यसको महत्त्वबारे भाविपुस्तालाई पर्याप्त जानकारी दिलाउन आवश्यक रहेको बताए । वरिष्ठ कलाकार कर्मचार्यले आफ्ना दाजु र सहपाठीको प्रेरणामा चित्रकला, मूर्तिकला र सिर्जनातर्फ लाग्न परेको घटना र परिवेश सुनाए ।

नेपाल बालसहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले कला र साहित्यलाई जोड्ने पुलका रूपमा बाल साहित्यले काम गरिरहेको बताए । लेखक आचार्यले नेपालको कला क्षेत्रको विशिष्ट साधक कर्मचार्यको जीवनीमा आधारित पुस्तक प्रकाशन गर्ने कार्यलाई आफूले एउटा अवसरका रूपमा लिएको धारणा राखे ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपाली कला क्षेत्रका क्षेत्रमा छ दशक योगदान दिने व्यक्तिको जीवनीमा आधारित पुस्तक प्रकाशित हुनुलाई कला क्षेत्रकै सम्मानका रूपमा लिएको बताए ।

वरिष्ठ लेखक एवं प्राज्ञ जीवेन्द्रदेव गिरिले कर्माचार्यलाई अहिलेको अवस्थामा आइपुग्ने के कस्ता विषय र घटनाले मलजल गरेको छ भन्ने नालीबेली पुस्तक अध्ययनबाट प्राप्त गर्न सकिने प्रतिक्रिया दिए । साहित्यकार मुकेश मल्लले कला र साहित्यलाई एक-अर्कालाई जोड्ने कार्यले सिर्जना कलात्मक हुनासाथै गुणस्तरमा पनि सुधार ल्याउन योगदान पुर्‍याउने धारणा राखे ।

बाल्यकालदेखि नै कला क्षेत्रमा रुचि राख्ने कर्मचार्य शुरु आत्ती दिनमा नाटक खेल्ने र चित्र कोर्दै यस क्षेत्रमा लागेका थिए । अहिले उनले छ सय भन्दा बढी हुलाक टिकट डिजायन गर्ने विशिष्ट साधकको परिचय बनाइसकेका छन् । छ दर्जन भन्दा बढी बाल पुस्तकमा चितांकन गरेका उनले हजारौँ पुस्तकका लागि आवरण बनाइ सकेका छन् ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 4 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 16 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-