केन विलियमसन बने आइपिएल फ्रेन्चाइज लखनउको रणनीतिक सल्लाहकार

काठमाडौँ । न्यूजील्याण्डका  पुर्व कप्तान केन विलियमसन आइपिएलको २०२६ को सिजनका लागि फ्रेन्चाइज लखनऊ सुपर जायन्ट्स (एलएसजी) सँग  रणनीतिक सल्लाहकारको रूपमा जोडिएका छन् ।

केन रणनीतिक सल्लाहकारको रुपमा लखनउमा जोडिएको टोलीका मालिक सञ्जीव गोयन्काले बिहीबार जानकारी दिएका छन् । त्यस्तै लखनउले कार्ल क्रो स्पिनलाई बलिङ प्रशिक्षकको रूपमा टोलीमा सामेल गरेको छ । त्यस्तै लखनउको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका जस्टिन ल्याङ्गर र फास्ट-बलिङ प्रशिक्षकको रूपमा भरत अरुण रहने जानकारी दिएको छ ।

लखनउसँग जोडिएपछि केनले भनेका छन्- ‘म लखनउमा सामेल हुन पाउँदा साँच्चै उत्साहित छु । उनीहरूसँग अत्यन्तै प्रतिभाशाली टोली र प्रशिक्षकहरूको एक उत्कृष्ट समूह छ जससँग म सँगै काम गर्न तत्पर छु । खेलको सबैभन्दा राम्रो फ्रेन्चाइज प्रतियोगिता, आईपीएलमा संलग्न हुनु सधैं विशेष हुन्छ ।’

२०२२ देखि आइपिएल खेलिरहेको लखनउले २ पटक मात्र प्लेअफ खेलेपनि उपाधि भने जित्न सकेको छैन ।

  • Related Posts

    वार्ता लाइभ गर्न खेलाडीको अडान, एन्फाले गर्यो अस्वीकार

    काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको…

    भारत टूरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 55 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक