के पाकिस्तानले टी-२० विश्वकप बहिष्कार गर्दैछ ?

बंगलादेशले अर्को महिना हुने टी-२० विश्वकपमा भारतमा खेल्न अस्वीकार गरेपछि उसको स्थानमा अब स्कटल्याण्डले प्रतियोगितामा भाग लिने आइसीसीले आधिकारिक जानकारी दिएको छ ।

बंगलादेश विश्वकपबाट बाहिरिएपछि पाकिस्तानले पनि विश्वकप बहिष्कार गर्नसक्ने संकेत गरेको छ । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोसिन नक्वीले विश्वकपमा पाकिस्तानको सहभागिताको बारेमा सरकारले निर्णय गर्ने बताएर यसको संकेत गरेका हुन् । यसअघि पाकिस्तानले बंगलादेशले भारतमा नखेल्ने बताएको विषयमा उसको समर्थन गरेको थियो ।

टी-२० विश्वकप फेब्रुअरी ७ मा भारत र श्रीलंकामा सुरु हुँदैछ। पाकिस्तानका खेलहरू श्रीलंकामा खेलिदै छ ।

आईसीसीले शनिबार आधिकारिक घोषणा गर्नुभन्दा केही समय अघि, पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले यस मुद्दामा पाकिस्तान बंगलादेशको साथमा रहेको र सरकारले आईसीसी टी-२० विश्वकपमा भाग लिन पाकिस्तानी टोलीलाई पठाउने कि नपठाउने भन्ने निर्णय गर्ने बताएका थिए ।

आइसीसी टी-२० विश्वकपमा सहभागिता सम्बन्धी प्रश्नको जवाफमा शनिबार लाहोरको गद्दाफी स्टेडियममा मिडियासँग कुरा गर्दै उनले भने- ‘पाकिस्तान सरकारले हामीलाई जे गर्न आदेश दिन्छ हामी त्यही गर्नेछौं । प्रधानमन्त्री शाहबाज शरीफ अहिले पाकिस्तानमा छैनन् । उहाँ फर्किएपछि हामी तपाईंलाई अन्तिम निर्णयको बारेमा जानकारी गराउन सक्षम हुनेछौं । हामी आईसीसी भन्दा पाकिस्तान सरकारको नियन्त्रणमा छौं, त्यसैले हामीले सरकारले भनेको कुरा गर्नुपर्छ ।’

उनले यदि पाकिस्तान र भारत बीचको खेलको लागि हाइब्रिड प्रणाली अपनाउन सकिन्छ भने, बंगलादेशको लागि किन सकिदैन भन्दै प्रश्न गरेका छन् । 

एक प्रश्नको जवाफ दिँदै उनले विश्वकप बहिष्कारको निर्णय भयो भने, आफुहरुसँग धेरै अन्य योजनाहरू रहेको बताए ।

बंगलादेशको आइसीसीसँगको समबन्ध बिग्रिएपछि अब उसको क्रिकेट भविष्य के हुने भन्ने पनि प्रश्न उठेका छन् । आइसीसीका प्रतियोगितामा सहभागी हुदा आउने ठुलो धनराशीका साथै आइसीसीले बार्षिक रुपमा बंगलादेशलाई दिने सहयोग समेत प्रभावित हुने देखिएको छ । यसले बंगलादेशको क्रिकेटलाई कैयौं बर्ष पछाडी धकेलेको विश्लेषण गरिएको छ ।

  • Related Posts

    इङल्याण्डसँग नेपाल ४ रनले पराजित

    नेपाल इङल्याण्डसँग ४ रनले पराजित भएको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन…

    नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित आउट

    नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल ३९ रन बनाएर आउट भएका हुन् । उनलाई लियाम डवसनले आउट गरेका हुन् ।  इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 152 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा