कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१ बेलार बस्ने २३ वर्षीय आकाश शाहीलाई पेस्तोल १ थान र म्याग्जिन १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको भान्सा घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।










