कोमाबाट बाहिर निस्किए अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान मार्टिन

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिन कोमाबाट बाहिर निस्केका छन् । उनको अवस्थामा चमत्कारिक रूपमा सुधार भइरहेको अस्ट्रेलियन मिडियाहरुले उल्लेख गरेका छन् ।

५४ वर्षीय मार्टिन गत महिनाको अन्त्यतिर बिरामी परे र मेनिन्जाइटिसका कारण क्वीन्सल्याण्ड अस्पतालमा भर्ना भएका थिए । मार्टिनको परिवारले पछिल्लो ४८ घण्टामा उनको अवस्थामा उल्लेखनीय परिवर्तन आएको बताएको रिपोर्टमा उल्लेख छ । कोमाबाट बाहिर निस्किएदेखि मार्टिनले असाधारण रूपमा राम्रो प्रतिक्रिया दिएका छन् र उनको परिवारले पनि यसलाई चमत्कार मानेको बताइएको छ । उनी अब बोल्न थालेको बताइएको छ ।

पूर्व विकेटकिपर एडम गिलक्रिस्टले मार्टिनको अवस्था यति सकारात्मक छ कि डाक्टरहरूले उनलाई चाँडै आईसीयूबाट बाहिर निकाल्न सकिन्छ भन्ने आशा व्यक्त गरेको बताएका छन् ।

डेमियन मार्टिनले अस्ट्रेलियाका लागि चार एशेज सिरिज खेलेका छन् । २००६ मा तेस्रो टेस्ट अघि उनले अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी अस्ट्रेलियाका दुई विश्वकप विजेता टोलीको हिस्सा पनि थिए ।

  • Related Posts

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई जनवरी २१ सम्ममा टी-२० विश्वकपमा सहभागिता बारे स्पष्ट पार्न अल्टिमेटम दिएको छ । आईसीसीले शनिबार ढाकामा भएको बैठकमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई जनवरी…

    बार्सिलोना रियल सोसियडाडसँग स्तब्ध

    स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रियल सोसियडाडसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल सोसियडाडले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियल सोसियडाडको जितमा मिकेल ओयारजाबाल र…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 20 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 10 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 31 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 12 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 2 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 10 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट