कोरला नाकामा सञ्चार सुविधा विस्तार

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ ।

बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको हो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका पुग्ने जोकोहीलाई सञ्चार गर्न सहज भएको बताए ।

एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो । नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् ।

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    • February 16, 2025
    • 68 views
    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित एक जना भारतिय पक्राउ-

    • February 16, 2025
    • 48 views
    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित  एक जना भारतिय पक्राउ-

    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    • February 15, 2025
    • 49 views
    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 53 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 17 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 38 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-