कोरला नाका पूर्ण रुपमा संचालन

काठमाडौँ , मुस्ताङ भन्सार कार्यालयको नेचुङस्थित कोरला नाका पूर्ण रुपमा संचालनमा आएको छ ।

भन्सार विभागका अनुसार  गत असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको वाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द भएको र तातोपनी भन्सार कार्यालय तर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएको अवस्थामा मित्रराष्ट्र चीन र नेपालबीचको वैदेशिक व्यपारलाई सहजीकरण गर्न मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) भदौ ३० गतेदेखि पूर्णरुपमा संचालनमा आएको हो ।

असोज ४ गते सम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतिय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैंया राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । 

हाल यस नाकामा आशिकुडा प्रणाली समेत संचालन भइसकेको र नेपाल राष्ट्र बैकको भदौ ३१ परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकिकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिसकिएको भन्सार विभागले जनाएको छ ।

  • Related Posts

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई…

    सुन तोलाको साढे २ लाख नाघ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ५९ सयले बढेर तोलाको २ लाख ५० हजार २ सयमा…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह