कोरोनाकालमा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार, आपूर्तिकर्तासहित अन्य ७ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासमेत ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेजविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले कोरोनाको समयमा १३ स्वास्थ्य सामाग्री खरिद गर्नेक्रममा मिलोमतोमा बढी मुल्य कबोल गर्ने फर्मलाई आशय स्वीकृत गरेको पाइएको जनाएको छ । अख्तियारले आफ्नो पद ओहोदाको दुरुपयोग गरेर सार्वजनिक खरिदमा बढी प्रतिस्पर्धा गरार्इ कम लागतमा गुणस्तरीय वस्तु वा सेवा खरिद गर्नुपर्ने कानूनको उद्देश्य विपरीत प्रतिवादीहरुले कम लागतमा स्वास्थ्य सामाग्री आपूर्ति गर्न इच्छुक अन्य प्रतिस्पर्धी बोलपत्रदातालार्इ नियोजित तवरले प्रतिस्पर्धाबाट हटाई लक्षित बोलपत्रदाता जनमुक्ति हेल्थ इन्टरप्राइजेजलार्इ स्वास्थ्य सामाग्री आपूर्तिको ठेक्का दिएको प्रमाणित भएको जनाएको छ ।

अख्तियारले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका सदस्य) राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मूल्याङ्कन समितिका  सदस्य) राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन (मूल्याङ्कन समितिका  सदस्य) रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर (मूल्याङ्कन समितिका सदस्य) राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका  सदस्य) नेत्र नर सिंह कार्की, आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेज तथा उक्त कम्पनीका प्रोपाईटर नवराज श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ  ।

अख्तियारले सबै आरोपीविरुद्ध जनही ३१ लाख १७ हजार ८९ बिगो कायम गरि कानुन अनुसारको सजाय माग गरेको छ ।

  • Related Posts

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुन्नकर्मी उपरगैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा…

    कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 106 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो