राष्ट्रिय सभाको निर्वाचनमा महिलातर्फ एमालेकी उम्मेदवार रोशनी मेचे विजयी भएकी छन् ।
उनी ७ हजार १७३ मतभर प्राप्त गरेर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपाने २ हजार २६८ मतभार प्राप्त गरेकी छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।









