को कसले जिते ग्रामी अवार्ड ?

 यस बर्षको ६८औं ग्रामी अवार्ड २०२६ लस एन्जलसमा आयोजना गरिएको छ । केन्ड्रिक लामारले सर्वश्रेष्ठ र्‍याप एल्बम अवार्ड जितेर इतिहास रचेका छन् । अब उनले यस श्रेणीमा सबैभन्दा धेरै ग्रामी नामांकनको रेकर्ड बनाएका छन् । त्यस्तै तिब्बती आध्यात्मिक नेता दलाई लामाले पनि आफ्नो पहिलो ग्रामी अवार्ड दिइएको छ ।

केन्ड्रिक लामारले यस वर्ष ९ ग्रामी नामांकन प्राप्त गरेका थिए । उनले धेरै प्रमुख पुरस्कारहरू जितेका छन् । अब उनको कुल २६ ग्रामी अवार्डहरू छन् । उनले सर्वश्रेष्ठ र्‍याप एल्बम र सर्वश्रेष्ठ र्‍याप गीत जितेर हिप-हप संगीतमा इतिहास रचे । यो जितसँगै, केन्ड्रिकले जे-जेडको रेकर्ड तोडेका छन् ।

यस वर्षको ग्रामी अवार्डमा पप र र्‍याप मात्र नभई आध्यात्मिकताको झलक पनि प्रदर्शन गरिएको थियो । ९० वर्षको उमेरमा, तिब्बती आध्यात्मिक नेता दलाई लामाले सर्वश्रेष्ठ अडियोबुक, कथा, वा कथा कथन श्रेणीमा आफ्नो पहिलो ग्रामी अवार्ड जितेका छन् । उनले यो पुरस्कार आफ्नो एल्बम “मेडिटेशन: द रिफ्लेक्सन्स अफ हिज होलिनेस द दलाई लामा” को लागि प्राप्त गरेका हुन् ।

त्यस्तै लेडी गागा, प्रख्यात निर्माता सर्कुट र ज्याक एन्टोनफले सात-सात मनोनयन प्राप्त गरेका थिए । तीनै जनालाई फरक फरक विधामा मनोनयन गरिएको थियो । त्यसपछि ब्याड बन्नी, लियोन थोमस र सबरीना कारपेन्टरले छ-छ मनोनयन प्राप्त गरेका छन् ।

६८औं ग्रामी अवार्ड समारोहमा धेरै प्रसिद्ध कलाकारहरूले शानदार प्रदर्शन गरेका थिए । लेडी गागा, जस्टिन बीबर, फेरेल विलियम्स र पप सनसनी सबरीना कारपेन्टरले आफ्ना हिट गीतहरूको प्रदर्शनले दर्शकहरूलाई मोहित पारेका थिए ।

अवार्ड विजेताको सूची:

वर्षको एल्बम: ब्याड बन्नी- डेबी टिरार मास फोटोस 

वर्षको रेकर्ड: केन्ड्रिक लामार र एसजेडए- लुथर

वर्षको गीत: बिली एलिस- वाइल्डफ्लोवर 

सर्वश्रेष्ठ नयाँ कलाकार- ओलिभिया डीन

सर्वश्रेष्ठ पप भोकल एल्बम: लेडी गागा- मेहेम

सर्वश्रेष्ठ पप सोलो परफरमेन्स: लोला योंग- मेसी   

सर्वश्रेष्ठ अडियोबुक, कथा र कथा कथन: दलाई लामा

सर्वश्रेष्ठ पप एकल प्रदर्शन: सबरीना कार्पेन्टर- म्यानचाइल्ड

सर्वश्रेष्ठ पप जोडी/समूह प्रदर्शन: सिन्थिया एरिभो र एरियाना ग्रान्डे- डिफाइङ ग्राभिटी

सर्वश्रेष्ठ नृत्य/इलेक्ट्रोनिक एल्बम: एफकेए ट्विग्स – इयूएसइएक्सयुए 

सर्वश्रेष्ठ नृत्य पप रेकर्डिङ: लेडी गागा- अब्राकाडाब्रा

सर्वश्रेष्ठ रक एल्बम: नेभर इनफ- टर्नस्टिल

सर्वश्रेष्ठ रक प्रदर्शन: यंगब्लड- चेन्जेज (लाइभ फ्रम भिल्ला पार्क)

सर्वश्रेष्ठ र्‍याप एल्बम: केन्ड्रिक लामार- जीएनएक्स 

सर्वश्रेष्ठ र्‍याप प्रदर्शन: डोइची- एङजाइटी 

सर्वश्रेष्ठ मेलोडिक र्‍याप प्रदर्शन: केन्ड्रिक लामार र एसजीए- लुथर

सर्वोत्तम आर एन्ड बी प्रस्तुति: केहलानी- आफ्टर आवर्स

सर्वोत्तम आर एन्ड बी एल्बम: लियोन थोमस- म्यूट

भिजुअल मिडियाका लागि लेखिएको सर्वोत्कृष्ठ गीत: के पप डेमन हन्टर्सबाट गोल्डेन (के-पपको पहिलो जित)

सर्वोत्तम संगीत फिल्म: स्टीवन स्पिलबर्ग- जोन विलियम्स द्वारा संगीत (इजीओटी स्थिति प्राप्त)

सर्वोत्तम वैकल्पिक संगीत एल्बम: टायलर, द क्रिएटर- डोन्ट ट्याप द ग्लास)

ज्याज भोकल एल्बम: सामारा जोय- पोट्रेट

  • Related Posts

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

     बलिवुडका अभिनेता सलमान खानका ९० वर्षीय पिता तथा वरिष्ठ चलचित्र लेखक सलीम खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडिया रिपोर्टका अनुसार खानको आइसीयुमा उपचार…

    राजपाल यादवलाई अदालतबाट राहत

     चेक बाउन्ससम्बन्धी मुद्दामा तिहाड जेलमा रहेका बलिवुड अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले अन्तरिम जमानत दिएको छ । अदालतले यादवलाई आगामी १८ मार्चसम्मका लागि जमानतमा रिहा गर्ने आदेश दिएको हो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 22 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ