क्यासिनोहरुलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सुचना जारी गर्दै क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा ‘नेपाल राष्ट्र बैंक, विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद-४ मा व्यवस्था गरिएको उल्लेख अग्र्दै ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु निर्देशन दिएको हो ।  

सूचनामा भनिएको छ: 

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम यस बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको छ । सोही व्यवस्थाबमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृतिअनुसार यस बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ । क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा ‘नेपाल राष्ट्र बैंक, विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद-४ मा व्यवस्था गरिएको छ । अतः ऐनको उल्लिखित व्यवस्थाबमोजिम क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु गराउनुहुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ ।

  • Related Posts

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लाहरूमा भएका आर्थिक गतिविधि अध्ययन अन्तर्गत स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्याङ्क  एवं राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको तथ्याङ्कका आधारमा तयार…

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह