खानीखोलाका कफी–कृषकलाई अनुदान

काभ्रेपलाञ्चोक, १७ असार : काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो । कार्यक्रमअन्तर्गत कृषक समूह र कृषि सहकारी गरी १९ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान हाल वितरण गरिएको छ । कृषक समूहलाई रु २१ लख अनुदान वितरण गरेको गाउँपालिकाले जनाएको छ । वार्षिक उत्पादन–बिक्रीको आधारमा प्रतिकेजी रु ३५ अनुदान दिइएको हो । गत सालको तुलनामा यस वर्ष तीनगुणाले कफी उत्पादनमा वृद्धि भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

गत साल समूहलाई रु सात लाख अनुदान वितरण गरेको शाखा प्रमुख खिम डाँगीले जानकारी दिनुभयो थियो । उहाँका अनुसार उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरी रु चार लाख ६३ हजार ३३ अनुदान पाएको छ । शाखाका अनुसार यस वर्ष करिब ५० हजार केजी कफी उत्पादन भएको छ ।

कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रमअनुसार गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । “समूहभन्दा बाहिर रहेका किसानलाइ समेत समेटेर आउँदो आवमा कार्यक्रम बनाउनेछौँ”, अध्यक्ष थिङले भन्नुभयो । उहाँले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट चालु आवमा कृषकलाई ९० हजार बिरुवा अनुदानमा वितरण गरिएको छ ।

विशेष गरी गाउँपालिकाको वडा नं १, २, ५, ६, ७ र ८ उत्पादनशील क्षेत्रमा कफीको बिरुवा वितरण गरिएको हो । ५ नं वडामा मात्रै पाँच हजार कफीको बिरुवा वितरण गरिएको छ । यहाँको एक परिवारले कफीखेतीबाट वार्षिक रु पाँचदेखि दश लाखसम्म आम्दानी गर्दै आएको स्थानीय सुवास जिम्बाले बताउनुभयो । “खेती राम्रो र बजारीकरणको समस्या नभएकाले केही वर्षदेखि कफीखेतीतर्फ आकर्षण बढेको छ”, उहाँले भन्नुभयो ।

विगत १३ वर्षदेखि वर्ष गर्दै आउनुभएको वडा नं ६ का किसान बाबुलाल घ्लानले गाउँपालिकाबाट कफीको बिरुवा र उत्पादन बिक्रीमा पनि अनुदान पाएपछि आफूहरु निकै खुसी भएको बताउनुभयो । यस वर्ष अनुदान तथा प्राविधिक सहयोग पाउनुभएको उहाँले कफी उत्पादनबाट वार्षिक रु तीन लाख आन्दानी गर्दै आउनुभएको थियो । यो वर्ष उहाँले सात सय केजी कफी उत्पादन गर्नुभएको छ ।

बागमती प्रदेशको कृषि विकास निर्देशनालयबाट समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत महाभारत गाउँपालिका–५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादन वडाको रुपमा छनोट गरिएको छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-