खुला विश्वविद्यालय उद्यमशीलताउन्मुख र नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ- प्रधानमन्त्री कार्की

 प्रधानमन्त्री सुशीला कार्की नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा कुलपतिका हैसियतमा सरिक भएकी छन् ।

काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न समारोहमा तीनवटा संकायका ५४५ विद्यार्थी दीक्षित भएका थिए। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पदक पनि प्रदान गरिएको थियो।

२०७३ सालमा स्थापित यस खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा थिए । नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले 

 खुला विश्वविद्यालयलाई आगामी दिनमा अझै प्रतिस्पर्धी, समयसापेक्ष, रोजगारमूलक, उद्यमशीलताउन्मुख, अनुसन्धान तथा नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन् ।

उनले विश्वविद्यालय आन्तरिक रूपमा सबल रहँदै धेरैभन्दा धेरै विद्यार्थीहरूलाई शिक्षाको मूलधारमा समाहित गर्न सक्नुपर्ने चुनौतीलाई सामना गर्न सक्षम हुनुपर्ने बताउदै ज्ञानको समयसापेक्ष निर्माण र वितरणका पक्षलाई सँगसँगै महत्त्वका साथ अगाडि लैजान सक्नुपर्ने बताइन्  । 

२०७३ सालमा स्थापना भई २०७४ सालदेखि सामाजिकशास्त्र तथा शिक्षा, व्यवस्थापन तथा कानुन र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायअन्तर्गत विभिन्न विषयमा स्नातक, पीजीडी, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधिसम्मको अध्यापन गराउँदै विश्वविद्यालय अगाडि बढिरहेको छ ।

  • Related Posts

    दुर्गा प्रसाई रिहा

     मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईआइतबार रिहा भएका हुन् । प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको…

    जेनजीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन, हामी नै हौं गर्ने- प्रचण्ड

    संयुक्त जेनजी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेट गरेका छन् । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राखेका…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 149 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा