दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ मंसिर । अस्थायी प्रहरी पोस्ट, घण्टाघर र लागु औषध नियन्त्रण ब्युरो, बीरगंज बाट खटिएको चेकिङ टोलीले सोमबार साँझ करिब ०६:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्डमा प्रतिवन्धित लागु औषध खैरो हिरोइन १० ग्राम सहित एक जना भारतीय लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन वीरगञ्ज भन्सार कार्यालय तर्फ बाट शंकास्पद रुपमा साईकल चलाई पावर हाउस तर्फ जाँदै गरेको साईकल यात्रीलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा भारतको बिहार राज्य, पुर्वी चम्पारण जिल्ला मोतिहारी विर्ता टोल बस्ने वर्ष २५ को यदोलाल कुमारले लगाएको पाईन्टको बाँया पट्टिको अगाडी खल्ती भित्र सेतो प्लाष्टिकमा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन १० ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले मंगलबार बताएका छन् ।