खैरो हिरोइन सहित पर्सामा एक भारतीय सहित ४ जना मानिसहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ पौष । प्रहरी चौकी, बसपार्क र लागु औषध नियन्त्रण व्यूरो, बीरगंज ले विशेष सूचनाको आधारमा शुक्रबार दिउँसो करिब ०२:०० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १५, प्रतिमा चोक स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध खैरो हिरोइन सहित ४ जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उल्लेखित स्थानमा खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिकाको वडा नं.१९ बिन्दवासिनी बस्ने अंदाजी वर्ष ३० को शम्भु राउत कम्कर, वडा नं.१६ बस्ने अंदाजी वर्ष १९ को चन्दन कुमार पंडित, पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०१ बस्ने अंदाजी वर्ष ४० को राज किशोर मिश्रा तथा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, छतौनी थाना वडा न. ०६ बस्ने अंदाजी वर्ष २७ को सचिन सिंह लाई संकाष्पदरूपमा हिडिंरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात् शरीर तलासी गर्दा सो मध्येका वीरगञ्ज महानगरपालिका वडा नं. १९, विन्दवासिनी बस्ने वर्ष ३० को शम्भु राउत कम्करले लगाएको जिन्स पाइन्टको दाँहिने खल्तीमा कागजले बेरिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४५ ग्राम फेला परेकोले बरामद लागु औषध सहित चारै जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views