खोकीको कफ सिरपले भारतमा बालबालिकाको मृत्यु पछि नेपालमा औषधि व्यवस्था बिभागले दियो यस्तो निर्देशन

काठमाडौँ  | भारतका विभिन्न राज्यमा खोकीको औषधि कोल्ड्रीफ काफ सिरपले बालबालिकाको मृत्यु भएको घटनाप्रति औषधि व्यवस्था बिभागले गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेपालमा सो औषधि दर्ता नभएको जानकारी दिएको छ  |

बिभागले यस्ता प्रकारका घटनाहरु विगतमा पनि भई सकेकोमा सो प्रति विभाग पहिले नै सचेत रही कार्य गर्दै आएको छ । नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल र ग्लिसेरोल / ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गर्दै २०७९ मा नै सूचना प्रकाशित गरिएको बताएको छ । 

यस पश्चात गत साउन २१ गते डब्लुएचओ कार्य दस्तावेज बमोजिम मौखिक प्रयोगको लागि तरल तयारीमा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मात्रा परीक्षण गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको जनाएको छ । 

बिभागले सम्बन्धित सबै पक्षलाई यस विषयमा पुनः सचेत रहन निर्देशन दिदै आवश्यक गुणस्तर परीक्षण गर्न निम्न बमोजिमको निर्देशन पालना गर्न गराउन अनुरोध गरिएको बताएको छ ।

विभागले औषधि उत्पादकका लागि  कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ताहरुबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्न, उल्लेखित कच्चा पदार्थ तथा सो समिश्रित झोल बनावटको औषधिको निर्धारित विधि बमोजिम बिथिलिन ग्लाइकोल डाइथिलिन ग्लाइकोलको परीक्षण गरे पश्चात मात्र उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

साथै विभागले औषधि आयातकर्ताका लागि नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक व्याचको इथाइलिन ग्लाइकोल डाइइथिलिन ग्लाइकोल मिसावट नभएको सुनिश्चित गरे पश्चात मात्र आयात तथा विक्री वितरण गर्न निर्देशन दिएको छ  । त्यस्तै  फार्मेसीहरूका लागि विभागमा दर्ता भएका औषधिहरु मात्र विक्री वितरण गर्न निर्देशन दिएको छ भने चिकित्सकहरुका लागि विभागमा दर्ता भएका औषधिहरु मात्र विरामीलाई दिन निर्देशन दिएको छ । 

साथै बिभागले दुई वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाहरुलाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्न गराउनु हुन पनि निर्देशन दिएको छ ।  

साथै बिभागले सर्वसाधारणलाई बालबालिकाका लागि प्रयोग गरिने कुनै पनि औषधि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्न, विभागमा दर्ता भएका औषधिहरु मात्र प्रयोग गर्न, औषधिको लेबलमा उल्लेखित जानकारी वमोजिम मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

  • Related Posts

    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

    काठमाडौँ । अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियरले दुई महिनामा लगभग आधा बरफ गुमाएको छ । यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा छिटो र सबैभन्दा डरलाग्दो हिमनदी पतन हो । कोलोराडो बोल्डर विश्वविद्यालयका वैज्ञानिकहरूले…

    काठमाडौँ महानगरमा धुलोरहित सडक कार्यक्रमअन्तर्गत करिब ८ किलोमिटर सडकमा काम हुँदै

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह