गगन थापाको अपिल- तीन दलका प्रमुख तीन नेतालाई बिदाई गरौं

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख तीन नेतालाई बिदाइ गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेतालाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन् ।

महामन्त्री थापाले १० वर्ष शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पालै पालो प्रधानमन्त्री पद लिइरहेको कारण आजको समस्याको प्रमुख कारण भएको बताएका छन् । आफुलाई कांग्रेसको एक कार्यकर्ताले भनेको कुरा राख्दै महामन्त्री थापाले भने- ‘अझै पनि तपाईंहरू चेत्नुहुन्न? बिदाइ लिनुहुन्न? अझै पनि तपाईंहरूले उहाँहरूलाई हटाउनुपर्दैन? म सुन्छु तपाईंहरू अझै अधिवेशन, विशेष अधिवेशनको कुरा गर्दै हुनुहुन्छ ।’

अहिले टेक्निकल कुरा देखाएर शिर्ष नेताहरु पनि नहटेको र आफुहरुले हटाउन पनि नसकेको बताएका छन् । उनले आफ्ना नेताहरुलाई सम्मान गरेर तिनै दलका प्रमुख तीन नेतालाई हटाउन प्रारम्भ गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले जेनजी समुहका युवाहरुलाई पनि संवाद गर्न आग्रह गर्दै निर्वाचनको विकल्प नभएको बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    लिङ्देन र थापाबीच भेटवार्ता

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ । मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ ।…

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    काठमाडौँ । कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 55 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक