नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले काँग्रेस सभापति गगन थापालाई देशको प्रधानमन्त्रीमा अनुमोदन गर्न आग्रह गरेकी छन् ।
विहिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले गगन थापालाई देशको प्रधानमन्त्री बनाउन काँग्रेस केन्द्रिय समितिले अनुमोदन गरेर अब जनतामा अनुमोदनको लागि अगाडी सारेको बताएकी हुन् ।
नेतृ भुसालले काँग्रेसले पार्टीमा व्यापक परिवर्तन गरेर नयाँ पुस्ताको चाहाना अनुसारको नेतृत्व लिएर चुनावमा आएको बताउदै काँग्रेसलाई मत दिन आग्रह गरेकी थिइन् । उनले काँग्रेसले कुनै किसिमको भड्काउ र उग्र अभिव्यक्ति नदिने स्पष्ट गर्दै विकासका एजेण्डा अगाडी सारेर निर्वाचनमा आएको बताएकी थिइन् ।
उनले नेपाली काँग्रेस किसान, गरिबको पार्टी बन्न चाहेको बताउदै आफुहरु जनताबाट अनुमोदन भएर सरकारमा जानेमा आशावादी रहेको बताएकी थिइन् ।










