गणतन्त्र कोरियाली दूतावासद्वारा ‘के-कल्चर’ कार्यक्रम आयोजना

काठमाडौँ । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरियाबाट आएको कुक्किवन तेक्वान्दो डेमोस्ट्रेसन टोलीद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रस्तुति दिइएको थियो ।

टोलीले गणतन्त्र कोरियाली संस्कृति र तेक्वान्दोलाई प्रवर्द्धन गर्दै नागरिक कूटनीतिज्ञको भूमिकामा विश्वभरका एक सय ५० भन्दा बढी देशको भ्रमण गरिसकेको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ । नेपाल आएका कुक्किवन तेक्वान्दो प्रदर्शन टोलीले सन् १९७४ देखि नै कोरियाको राष्ट्रिय मार्सल आर्ट तथा उन्नत प्रविधि र सीपलाई तेक्वान्दोको कलात्मक प्रदर्शनमार्फत आफ्नो प्रस्तुति दिँदै आएको छ ।

यसअघि काठमाडौँमा रहेका कोरियाली भोजनालय सञ्चालन एशोसिएशनका तर्फबाट कोरियाली खानाका कक्षहरू तथा कोरियाली परम्परागत खेलको प्रस्तुति पनि गरिएको थियो । सो अवसरमा नेपालमा सन् २०२४ का के–पप विजेता टोलीले आफ्नो के-पप नृत्य प्रस्तुत गरेको थियो ।

समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा दूतावासले सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले पारस्परिक सहयोगका आधारमा विभिन्न कार्यक्रम गरेर दुई देशबीचको घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाल र कोरियाबिचको सम्बन्ध नयाँ उचाइमा पुगेको स्मरण गरे।

कार्यक्रममा काठमाडौँस्थित कोरियाली समुदाय, उच्चस्तरीय सरकारी अधिकारी, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

त्यसै गरी कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा ‘कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप’ आयोजना हुनेछ । शुक्रबार हुने उद्घाटन समारोहमा दक्षिण कोरियास्थित विश्व तेक्वान्दो मुख्यालयको डेमोस्ट्रेसन टोलीले विशेष कौशल प्रदर्शन गर्ने दूतावासले जनाएको छ ।

  • Related Posts

    उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा…

    पशुपति क्षेत्रमा ट्राफिक सुरक्षा योजना तयार, यी स्थानमा हुनेछ पार्किङ सुविधा

    काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 5 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 17 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-