गण्डकीका दुई आयुर्वेद अस्पतालमा सेवा विस्तार हुँदै

गण्डकी । कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई अन्तरंग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तर वृद्धि गरिने भएको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा ती अस्पतालमा अन्तरंगा सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए ।

“रु. एक करोड २५ लाखको बजेट सुनिश्चित भइसकेको छ, सेवा विस्तारको काम तत्काल सुरु हुन्छ”, उनले भने, “आगामी आवको बजेटमा पनि आयुर्वेद अस्पतालका लागि प्राथमिकतासाथ बजेट विनियोजन गर्छौँ ।”

मन्त्री पाठकका अनुसार गण्डकी प्रदेशमा सञ्चालित आयुर्वेद अस्पतालमा पहिलो पटक अन्तरंग सेवा सुरु गर्न लागिएको हो । प्रदेश सरकारले होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाइरहेको उनले बताए ।

कास्की र बागलुङको आयुर्वेद अस्पतालमा भवनलगायतका भौतिक पूर्वाधार थप गर्न स्रोत व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ । “आयुर्वेद अस्पताल स्रोतसाधनको अभावमा गुज्रिरहेका थिए, राज्यको पनि खासै ध्यान पुग्न सकिरहेको थिएन”, मन्त्री पाठकले भने, “व्यवस्थित पूर्वाधार, स्रोतसाधनको प्रबन्ध गर्दै गुणस्तरीय स्वास्थ्य सेवा दिने थलोका रूपमा आयुर्वेद अस्पताललाई विकास गर्नु जरुरी छ ।”

पोखरामा थप एउटा सुविधायुक्त आयुर्वेद अस्पताल सञ्चालनको आवश्यकता रहेको उनको भनाइ छ । प्रदेश सरकार मातहत आएको बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँप पिपल अस्पताललाई ५० शय्याको अस्पतालका रूपमा सञ्चालन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम सुरु गरेको मन्त्री पाठकले बताए । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उनको भनाइ छ । नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

मन्त्रालयको कार्ययोजना अन्तर्गत कानुनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 49 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 76 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-