जनकपुरधाम,धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ७

विद्यालय व्यवस्थापन समिति बैठकपछि गाउमा घेरा हालेर कुटपिट ,प्रहरी पक्राउ गरी आरोपि छाडिए जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित रहेको एक समुदायिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट गरिएको छ । सबैला ७ स्थित रहेको श्री राष्ट्रिय अधारभुत बिधालय मटही विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा सदस्यमा भाग लिने भएपछि स्थानीय ईन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरिएको छ ।

एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै छिमेकी ५० बर्षिय बिन्देश्वर सहनी, उनका छोरा श्रवण सहनी, सरोज सहनी र सोलिन्दर सहनी लगायतले ईन्द्रजीतलाई निर्घात कुटपिट गरेको हो । नेकपा माओवादी केन्द्रसँग आस्था राख्ने बिन्देश्वरका परिवारले पार्टीगत हिसाबले ईन्द्रजीतमाथि आक्रमण गरेको बताईएको छ । ३२ बर्षिय ईन्द्रजीत सहनी विद्यालय व्यवस्थापन समिति चुनावी प्रक्रियामा गएपछि घर फर्किदै गर्दा उनलाई स्थानीय पुरुषोत्तम र रजिन्द्रको घरको बीचमा घेरा हालेर कुटपिट गरेको आरोप लगाइएको छ । विद्यालय व्यवस्थापन समिति गठनको लागि बोलाइएको अभिभावक भेलामा इन्द्रजीतका भाई भनिने ईन्दल सहनी र जिताे सहनीका छाेरा सुलिन्दर सहनीसँग समान्य धक्कामुक्की भएको थियो । त्यतिबेला प्रहरीले दुवै जनालाई सम्झाई बुझाई गरी घर पठाएको थियो । अभिभावक भेलाबाट समितिको लागि चुनावी प्रक्रिया गएपछि उनी घर फर्किदै गर्दा पुनः घेरा हालेर सबै जना मिली कुटपिट गरेको आरोप लगाएका छन् । कुटपिटपछि घाईते भएका ईन्द्रजीत जनकपुरधामस्थित रामजानकी हस्पिटलमा उपचाररत रहेका छन् । उनको उपचार अस्पतालमा जारी रहेको छ । यता, ईलाका प्रहरी कार्यालय सबैलाले आरोपित श्रवण सहनीलाई पक्राउ गरी केही बेरमा छाडिदिएका छन् । पीडित पक्ष अस्पतालमा उपचाररत रहँदा नै प्रहरीले राजनीतिक दबाबमा श्रवणलाई छाडिदिएको आरोप लगाएका छन् । यता सहनि भन्छ ,उनिहरु लाइ पाटिगत नेताहरु घटनामा सहयोग गर्दै आइरहेका छन उनिहरुले म माथि कुटपिट ज्यानमर्नेसन याेजन बनाएकाे सैलिमा बिचबाटाेमा कुटपिट गरेका हुन इनरजित सहनीले बताए । कुटपिट गरेका बिन्देशवर सहनिमाथि यसअघि कतिको निवेदन इलाका प्रहरी सबैलामा परिसकेका हुन तर प्रहरीले नै उन्मुक्ति दिदै आएका छन जस्तै अहिले प्रहरी सय खरेल पनि एक हुन । पिडितले भने प्रहरी पक्राउपछि घणटाे समय नलाग्ने छाडेका छन ।