गुरुदेव कामत : शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय

काठमाडौँ, १७ साउन : नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताउनुभएको छ । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि डायलासिस गरिरहनुभएका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो ।

काठमाडौँमा उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ सपरिवार जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको थियो । केही दिनदेखि स्वास्थ्यावस्था बिग्रिँदै गएपछि उहाँले खानपिन निकै कर्म गर्नुभएको थियो । नेपाली सङ्गीतका क्षेत्रमा गायक, सङ्गीतकार एवं सङ्गीत गुरुका रूपमा परिचित कामतको निधनमा सङ्गीतकर्मीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिनुभएको छ । नेपाल–भारत क्षेत्रमा प्रख्यात गुरुदेवको निधनले आफूलाई मर्माहत बनाएको सङ्गीतकार राजु सिंहले बताउनुभयो । उहाँसँग विसं २०५५ देखि नै सम्पर्कमा रहनुभएका सङ्गीतकार सिंहले पछिल्लो समय प्रत्यक्ष भेटघाट गर्न नपाए पनि टेलिफोनमार्फत कुराकानी गर्नुभएको थियो । “म आफैँ पनि बिरामी भएकाले गुरुदेवसँग प्रत्यक्ष भेट्न पाइन । किनकी उहाँलाई मिर्गाैलाको समस्या भएकाले मेरो कारण झन जोखिम हुन्थ्यो । उहाँको निधनले समग्र शास्त्रीय सङ्गीतलाई ठूलो क्षति पुगेको छ”, सङ्गीतकार सिंहले भन्नुभयो, “उहाँ शास्त्रीय सङ्गीत जति पोख्त हुनहुन्छ, त्यति नै सरल र बुझ्नेगरी सिकाउने गुरू । उहाँसँग निजी कक्षा लिने र नियमित कक्षा लिने थुप्रै विद्यार्थी अहिले गीतसङ्गीतको चम्किला तारा बन्नुभएको छ । उहाँको गीत सुनेर साधना पनि गर्दा पनि राम्रो सङ्गीत सिकिन्छ ।” जीवनलाई सङ्गीतमा समर्पण गरेर नेपालमा शास्त्रीय सङ्गीतलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गुरुदेव उपचारका लागि आर्थिक अभावले गाउँ फर्किनु नै दुःखद् रहेको उहाँले बताउनुभयो । “गुरुदेव स्वाभिमानी भएकाले कसैलाई केही भन्नुभएन । यद्यपि यस्ता स्रष्टालाई समस्या पर्दा राज्यले हेर्नुपर्छ । नत्र नयाँपुस्ताले के सोचेर सङ्गीतलाई आफ्नो जीवन बनाउँछन् ? सबैले सहयोग हुनुपर्थ्यो”, उहाँले भन्नुभयो । गुरुदेवको उपचारका लागि आर्थिक सहायता जुटाउन पहल गरिरहनुभएका कवि एवं मुक्तककार मुकुन्द पौडेलले आफूहरूले सक्दो कोशिस गरे पनि बचाउन नसकेको बताउनुभयो । “शास्त्रीय सङ्गीतमा उच्च नाम बनाउनुभएको एउटा सर्जकको यस्तो अन्त्य हुनुहुन्थेन । हामीले प्रयास गर्दागर्दै पनि बचाउन सकेनौँ । उहाँले जीवन सङ्गीतलाई दिनुभयो, धेरै शिष्य पाउनुभयो तर मिर्गाैला प्रत्यारोपणका लागि आवश्यक जोहो गर्न सकिएन”, उहाँले भन्नुभयो । गुरुदेवसँग नजिक रहनुभएका कलाकार राधेश्याम विश्वकर्माले उहाँको महत्त्व बुझ्न नसकेको गुनासो गर्नुभयो । “शुभेच्छुक केही व्यक्ति जम्मा भएर उहाँलाई गर्न सकिने सहयोगका विषयमा हालै छलफल गरेका थियौँ । सामाजिक सञ्जालमार्फत पनि आह्वान गरेका थियौँ । धेरैलाई चासो भएन, अहिले उहाँको स्वर्गारोहण भएपछि चासो बढेको छ । जीवित छँदै यस्तो चासो देखिएको भए राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो । शास्त्रीय गीतसङ्गीतसँगै आधुनिक गायनमा व्यस्त गायक युवराज चौलागाईंले गुरुदेवलाई विसं २०६० ताका भेटेको स्मरण गर्नुभयो । उहाँ गुरुदेव कहाँ शास्त्रीय गीतसङ्गीतकै क्रममा पुग्नुभएको रहेछ । “शास्त्रीय सङ्गीतमा केही गर्छु भन्नेले उक्त समयमा पुग्ने एउटा ठाउँ नै गुरुदेव हुनुहुन्थ्यो । उहाँले सिकाउने सरल र सभ्य शैलीले विद्यार्थीलाई आकर्षित गथ्र्याे । उहाँलाई सुन्न पाउँदा नै हामी धन्य हुन्थियौँ”, गायक चौलागाईंले भन्नुभयो । उहाँले गुरुदेवलाई शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय नै मान्नुहुन्छ । “शास्त्रीय गीतसङ्गीतको चर्चा गर्ने हो भने गुरुदेवविना सम्भव हुन्न, अपुरो हुन्छ”, उहाँले भन्नुभयो । स्वर्गीय गुरुदेवको तीन छोरा, एक छोरी र श्रीमती हुनहुन्छ ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 76 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-