जापान, भदौ ४ गते । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गुल्मेली सामाज जापानले स्थानीय ख्याति प्राप्त कलाकारको साथमा भब्य रुपमा तिज मनाउने जनाएको छ ।
गुल्मेली समाज जापान को २०२३ र८र१५ तारिख सिनओकुबो चुलो घर रेष्टुरेन्टमा समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षतामा बसेको सल्लाहाकारसहितको बैठकले पहिलेको भन्दा पृथक तिजको रौनक सङ्गै महिला दिदीबहिनीहरुलाई तिजको दर खुबाउदै स्थानीय कलाकारको साथमा भब्य रुपमा तिज मनाउन लागीएको समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीले बताउनु भयो साथै सम्पूर्ण आमा दिदीबहिनीहरुलाई हरितालिका तिजको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै निमन्न्रणा दिनुभयो ।
हिन्दू नारीहरुको महान चाड हरितालिका तिज एउटा संस्कार मात्र नभई सभ्यताको रुपमा पनी लिने गरिन्छ यसलाई जिबन्त राख्न सभ्य र सरल तरिकाले तिज मनाउदै आपसी सद्भाव,कला संस्कृतिको संरक्षण र हाम्रा रीतिरिवाज चालचलन लाई हामीले जगेर्ना गरे हाम्रा सन्ततिले पनि यो संस्कारको रौनक र महत्व बुझ्न पाउनेछन् प्रयाय गरी पर्देशमा ब्यस्त जीवन शैली भई नै रहन्छ यसै अवसरमा हुने जमघटले नयाँ दिदीबहिनी दाजुभईहरुसँग भेटघाट चिनजान गर्न पाउने यो सुनौलो अबसर पनि हुने कार्यक्रमको संयोजक तथा महिला उपाध्यक्ष लक्ष्मी केसी महर्जनले बताउनु भयो ।
आगामी सेटेम्बर १० तारिख चुलो घर सिनओकुबोमा दिनको दुई बजे नाचगानको साथमा निःशुल्क दर खाने कार्यक्रम सभ्य र भब्य रुपमा सुसम्पन्न गर्न जापानबासी सबै नेपाली आमा दिदीबहिनी दाजुभाईलाई कार्यक्रममा उपस्थिति जनाई भरपुर मनोरञ्जन लिनुहुन गुल्मेली समाज जापान हार्दिक अनुरोध गरेको छ ।