काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाई भेट गरेका छन् ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित भएका थिए । खापुङलाई गृहमन्त्री र गृहसचिवलगायतले शुभकामना दिदै बिदाई गरेका थिए ।
खापुङ आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जादैछन् । सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको छ । कार्की २०८४ को चैत्र १७ गतेसम्म महानिरीक्षकको भूमिकामा रहने छन् ।








