गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गैँडाकोट-२ का बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति नवलपुर र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज बिहान एक सय ३० बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

गत असोज १२ गते नारायणी नदीमा आएको बाढीका कारण यहाँका एक सय ३० परिवार प्रभावित भएका थिए । उनीहरूलाई दसैँ मनाउन सहज होस् भनी खाद्यान्न सहयोग गरिएको उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए । सबैको घरमा दशैको रमाइलो भइरहेको अवस्थामा बाढीपीडितलाई खाद्यान्नसमेत नभएका कारण सहयोग गरिएको उनको भनाइ छ ।

भट्टचनका अनुसार बाढीपीडितलाई प्रति परिवार आठ किलो पाँच सय ग्राम चामल, दुई किलो मुसुरोको दाल, एक लिटर सूर्यमुखीको तेल र सात प्याकेट चाउचाउ दिइएको छ । एक सय ३० परिवारलाई रु. चार लाख बराबरको खाद्य सामग्री सहयोग गरिएको भट्टचनले बताए । खाद्य सामग्री जय श्री फुड्स प्रालि एवम् गैरआवासीय नेपाली संघका प्रतिनिधिले सहयोग गरेको उनले जानकारी दिए ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गैँडाकोटका बाढीपीडितको बारेमा ढिला जानकारी प्राप्त गर्दा राहत सामग्री वितरणमा ढिलाइ भएको बताए । “यहाँको अवस्थाका बारेमा हामीलाई ढिला जानकारी भयो, हालसम्म जिल्लाका धेरै बाढीपीडितलाई खाद्यान्न सहयोग भइसकेको छ”, उनले भने, “बाढीपीडितको नागरिकतालगायतका महत्वपूर्ण कागजपत्र बाढीले बगाएको जानकारी भएको छ, त्यसबारे सहजीकरण गर्नेछु ।”

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 107 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 137 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 101 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 95 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 121 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 89 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-