गैरकानुनी चन्दा असुली गर्ने दुई जना कास्कीबाट पक्राउ

कास्कीमा गैरकानुनी रूपमा चन्दा संकलन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–२ का ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका–१३ छाब्दीका ३२ वर्षीय लक्ष्मण पाण्डे (अग्नी) रहेका छन्।

प्रहरीका अनुसार आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई प्रभावित पार्ने उद्देश्यले उनीहरूले कास्की जिल्लाका विभिन्न स्थानमा आफूलाई माओवादी कार्यकर्ता बताउँदै सर्वसाधारणलाई डरधम्की दिई चन्दा असुली गरेको सूचनाको आधारमा पक्राउ गरिएको हो ।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध चन्दा सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • Related Posts

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

     पोखरा महानगरपालिका-१९ अकलादेवी डेरा गरी बस्ने सोही महानगरपालिका-१९ लामाचौर घर भएका ३० वर्षीय लक्षु थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी…

    काँग्रेसले जितेका १७ सिट कुन कुन हुन् ?

    नेपाली काँग्रेसले १७ सिट जितेको छ । जारी मत गणनामा अब काँग्रेस कुनै पनि सिटमा अगाडी रहेको छैन र प्रत्यक्षतर्फ काँग्रेस १७ सिटमा सिमित हुने देखिएको छ । काँग्रेसका पछिल्लो…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो