गोरखामा पर्यटक भित्र्याउन भेला

गोरखा । गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गरिने भएको छ । नेपाल होटल संघ गोरखाको आयोजनामा जिल्लामै पहिलो पटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गर्दै पर्यटन प्रवर्द्धनका लागि योजना निर्माण गर्न ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ को आयोजना गर्न लागिएको संघका जिल्ला अध्यक्ष केशव कुँवरले जानकारी दिए ।

यहीँ मङ्सिर ५ र ६ गते आयोजना गर्न लागिएको भेलामा जिल्ला भित्र स्थायी घर भइ देशभर पर्यटनका क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहने उनले बताए । ‘‘गोरखा नगरपालिकाले समेत जिल्लामा पर्यटक भित्र्याउन आउँदो पुस २५ गतेदेखि पर्यटन वर्ष घोषणा गरेर कार्यक्रम गर्न लागेको छ, अध्यक्ष कुँवरले भने, ‘‘त्यसलाई सहयोग पुर्‍याउन संघले पनि व्यवसायीहरूको बृहत् भेला गर्न लागेको हो ।’’

भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको व्यापक प्रचार–प्रसार गर्न सके जिल्लामा अत्याधिक पर्यटक भित्र्याउन सकिने भएकाले भेलामार्फत पर्यटन व्यवसायीले पनि आवश्यक भूमिका खेल्न जोड दिइने उनको भनाई छ ।

‘‘पर्यटकलाई आकर्षण गर्न सक्ने थुप्रै ठाउँहरू भए पनि यथोचित हिसाबले प्रचार गर्न अझै सकिएको छैन, संघका महासचिव सुमन श्रेष्ठले भने, ‘‘गोरखाले ती पर्यटकीय क्षेत्रको भरपुर उपयोग गरेर लाभ लिन सके यहाँको आर्थिक सम्बृद्धिमा नयाँ फड्को मार्न सकिन्छ भन्ने विश्वास छ ।’’ भेलामा करिव १ सय ५० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहने छ ।

सोही अवसरमा थप पर्यटकीय क्षेत्रको पहिचानका लागि जिल्ला भित्रका ११ वटै स्थानीय तहले भिडियो सामाग्री निर्माण गरी प्रस्तुत गर्ने कार्यक्रम समेत तय गरिएको उनले बताए । उनले भने, ‘‘भेलामा गोरखामा पर्यटकको बसाई लम्ब्याउनका लागि पनि आवश्यक योजना बनाइनेछ, यहाँका रैथाने खाना तथा संस्कृतिको जर्गेना र र प्रवर्द्धनका लागि पनि भेला महत्त्वपूर्ण रहनेछ ।’’

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 118 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-