गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

बुटवल । गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।  गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगंगा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । 

जिल्लाको सर्वपक्षीय बैठकको निर्णयअनुसार आजदेखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिनको ४ बजेसम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो । पूर्वपश्चिम राजमार्गको गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको छ । 

जिल्ला प्रशासन कार्यालयले भनेको छ: 

सन्धिखर्क-गोरुसिङ्गे सडक खण्ड अन्तर्गत शितगंगा नगरपालिकामा पर्ने (नरपानी-सितापुर- ठाडासम्म) को सडक मर्मत तथा स्तरोन्नतीको लागि पाभेर मेशिन प्रयोग गरी कालोपत्रे गर्नु पर्ने भएकोले निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न र निर्माण कार्यलाई तिव्रता दिनको लागि उक्त सडकखण्ड मिति कार्तिक २६ गतेदेखि मङ्सिर १० गते बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म केही समयका लागि (बिचबिचमा लटका रुपमा छोडी सुचारु हुने) सडक अवरुद्ध गर्नुपर्ने व्यहोरा सम्बन्धित सरोकारवाला निकाय/अधिकारीहरुसँगको बैठकपछिको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । उक्त सडक प्रयोग यात्रा गर्नुहुने यात्रु महानुभावले यस बमोजिम मनस्थिति (धारणा) बनाई यात्रा गर्नुहुन अनुरोध गर्दछौं । साथै यसबाट यात्रु महानुभावहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं ।

  • Related Posts

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु हुन ढिला भएको छ  । केन्द्रीय निर्वाचन आयोगले यस अघि ४ बजेदेखि मतदान शुरु हुने बताएपनि विद्युतीय मतदान मेसिनमा उम्मेदवारको…

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    काठमाडौं । मङ्सिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका ११ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 105 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो