गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला

संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा चार दशकदेखि अलपत्र रहेको गौरीटार रंगशाला निर्माणमा प्रदेश सरकारले अगुवाइ गरेसँगै गति लिएको छ।

बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माणाधीन गौरीटार रंगशालाले गति लिएको छ। चार दशकदेखि अलपत्र रहेको रंगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।

बागमती प्रदेश सरकारले बनाइरहेको हेटौंडा-६ स्थित गौरीटार रंगशाला काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालापछि दोस्रो ठूलो फूटबल मैदान हुनेछ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रंगशाला निर्माण भइरहेको बागमती प्रदेश खेलकूद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए।

निर्माणाधीन गौरीटार रंगशाला। तस्वीरहरू : सरिता दाहाल/हिमालखबर
रंगशाला निर्माणको करीब ९५ प्रतिशत काम पूरा भएको छ। “फूटबल रंगशाला निर्माणको कार्य लगभग अन्तिम चरणमा पुगेको छ,” उनले भने, “गत आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका थियौं। केही ढिलो गरी चालू आर्थिक वर्षको पहिलो चौमासमा सम्पन्न हुनेछ।”

२३ बिघा क्षेत्रफलमा रहेको रंगशाला निर्माणमा करीब पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान छ। यसमा फूटबल मैदानसँगै पौडी पौखरी, क्रिकेट, एथलेटिक्सका लागि पूर्वाधार, फिटनेस सेन्ट्रर लगायत २१ वटा खेल संरचना निर्माण हुनेछन्।

रंगशालाभित्र खेलाडीका लागि छुट्टै कोठाहरू, आवासगृह, शौचालय, मिडिया सेन्टरका लागि विशेष कक्ष, प्रतियोगिता सञ्चालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना र खेलाडीलाई लाग्न सक्ने चोटपटकको उपचारका निम्ति चिकित्सक बस्ने छुट्टै कक्ष लगायत थुप्रै पूर्वाधार बन्नेछ।

फूटबल रंगशालामा चार हजार ५०० दर्शक क्षमताको प्याराफिट निर्माण भइरहेको छ। रातको समयमा समेत फूटबल प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको उनको भनाइ छ। फूटबल रंगशाला निर्माण सम्पन्न गर्न करीब ३० करोड रुपैयाँ लाग्ने अनुमान छ।

संघीय सरकारले बजेट नदिंदा लामो समय अलपत्र बनेको आयोजना प्रदेश सरकारले चासो दिएपछि अघि बढेको जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष भेष खड्गी बताउँछन्। “चार दशकदेखि संघीय सरकारले अलपत्र छाडेको थियो, अहिले प्रदेश सरकार अघि सरेपछि अन्तिम चरणमा पुगेको छ,” उनी भन्छन्।

रंगशालाभित्रै क्रिकेट मैदान

गौरीटार रंगशाला परिसरभित्रै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला समेत निर्माण भइरहेको छ। यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने जनाइएको छ।

निर्माणाधीन क्रिकेट मैदान।
यसको क्षमता ७०० दर्शक अटाउने रहेको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मैदान, ड्रेन, स्कोरबोर्ड, साइड स्क्रीन लगायत संरचना रहने भण्डारीले बताए। १२ करोड रुपैयाँ लागत अनुमान गरिएको रंगशाला निर्माणको कार्य २०८२ असारसम्म सक्ने लक्ष्य राखिएको छ। यसका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा २०८०/८१ मा चार करोड रुपैयाँ विनियोजन गरेको थियो।

गुरुयोजना अनुसार कुल २१ वटा संरचना बन्ने भण्डारीले बताए। जसमा नौ वटा कभर्डहल, आठ वटा ट्रेनिङ सेन्टर, फिटनेस सेन्टर, होस्टेल लगायत छन्।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 3 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 15 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-