विष्णुप्रसाद तिमल्सिना

काठमाडौँ, १२ साउन । काठमाडौँ महानगरपालिका वडा नं.–७ का वडा अध्यक्ष विमल कुमार होडाले गौरीनगर सुधार समितिले स्थापना काल देखि नै समाज रुपान्तरणको क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै यस क्षेत्रको अब्बल संस्थाको रुपमा रहेको बताउँदै यसको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

गत साउन ७ गते आइतबार बिहान मचगा पार्क परिसरमा आयोजित एक कार्यक्रममा वडा अध्यक्ष विमल कुमार होडा, समितिका संस्थापक अध्यक्ष श्यामलाल उदास, समितिका पूर्व अध्यक्ष राजाराम भट्टराई, समितिका निःवर्तमान अध्यक्ष कलम प्रसाद काफ्ले र समितिका वर्तमान अध्यक्ष सूर्य बहादुर श्रेष्ठले सामुहिक रुपमा केक काटी ३४औँ वार्षिकोत्सव भव्यताका साथ मनाइयो ।

कार्यक्रममा वडा नंं–७ का महिला वडा सदस्य रुपा थापा क्षेत्री, काठमाडौँ नगर प्रहरी र नेपाल प्रहरी विट गौरीघाटका प्रमुख, गौरीमातृ महिला शक्ति समूह, नव जागरुक युवा क्लब लगायत स्थानीय सामाजिक संघ/संस्थाका पदाधिकारी प्रतिनिधिहरूको समेत सो कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।